मनि प्लान्टको हेरचाह कसरी गर्ने ?
मनि प्लान्ट घरमा राख्ने अत्यन्त लोकप्रिय विरुवा हो । यसलाई माटोमा रोपेर वा पानीमा मात्र राखेर पनि हुर्काउन सकिन्छ । यो विरुवाले कोठामा रहेका हानिकारक विषाक्त पदार्थहरुलाई शुद्धिकरण गर्नुका साथै सकारात्मक उर्जाको निर्माणमा सहायता गर्दछ । कम पानी, कम प्रकाश, कम मल तथा कमै हेरचाहमा पनि मज्जाले हुर्किने यो विरुवा कोठामा राख्नाले सौन्दर्य, शुद्धता तथा शान्ति खोज्न अन्त कतै जानु पर्दैन । यदि तपाईले पनि घरमा मनि प्लान्ट राख्नु भएको छ वा राख्न चाहनु हुन्छ भने यहा उल्लेखित केहि विशेष टिप्सहरुले तपाई लाई मद्दत गर्नेछ । माटोमा रोपिएको मनी प्लान्टका लागि मनी प्लान्टको हेरचाह गर्नु सजिलो काम हो । राम्रो हेरचाह गरिएको मनी प्लान्ट १०० फीट भन्दा पनि बढि लम्बिन सक्छ । यदि औसत हेरचाह मात्र पनि यो बि¿वालाई दिइन्छ भने, तब यो लगभग ७ फिट उचाई सम्ममा पुग्न सक्छ । यो नया नया बागवानी गतिविधि सु¿ गर्नका लागि एक उत्तम बोट हो । माटो भुर भुराउदो, हल्का, राम्ररी हावा खेल्न सक्ने माटो मनि प्लान्ट को लागी एकदम उपयुक्त हुन्छ । त्यसका लागि माटोमा नदीको बालुवा मिलाउन सकिन्छ । बालुवाले बोटलाई राम्...