हावा शुद्ध गर्ने वेडरुममा राख्ने ५ उत्कृष्ट बिरुवाहरु
विशेषत शहरी क्षेत्रको वातावरणमा बढ्दो प्रदूषणले खुला हावामा सास फेर्न गाह्रो बन्दै गैरहेको छ । दूषित हावाका कारण मुटु र श्वास प्रश्वासका बिरामीहका साथै वृद्धहरु र बच्चाहरु को लागि समस्या हुदै गएकोछ । वातावरणलाई शुद्ध पार्न, केहि बोटबिरुवाहरु तपाईंको घर भित्र र बाहिर रोप्न सकिन्छ, जसले हावा शुद्ध पार्दछ । वातावरण र आफूलाई सुरक्षित गर्न, त्यस्ता बोटबिरुवाहरु घर र तपाईंको कार्यालयमा रोप्न सकिन्छ ।
आज भोलि जब तपाई घरबाट बाहिर निस्कनुहुन्छ, धेरै जसो ठाउँहरुमा तपाईले प्रदूषण महसुस गर्नुहुन्छ, सास फेर्दा पनि दूषित हावा हाम्रो वरिपरि भएको महशुस हुन थालेको छ । तपाई हामीले घर बाहिरको स्थितिमा धेरै नियन्त्रण गर्न सक्दैनौ तर तपाईं निश्चित रुपमा घर भित्रको हवालाई शुद्ध पार्न सक्नुहुन्छ । हो, तपाईं घर भित्र वायु शोधन गर्न सक्नुहुनेछ र यसको लागि तपाईंले बिरुवाहरु लगाउनु पर्छ जुन प्राकृतिक वायु शुद्धीकरणकर्ता पनि हुन् ।
अब हामी तपाईंलाई नासाले अध्ययन पछि सिफारिस गरेका त्यस्ता हावा शुद्ध गर्ने ५ उत्कृष्त बोट बिरुवाहरु को बारेमा बताउँनेछौ, जुन बिरुवाहरु यदि घरमा रोप्दछौं भने तपाईंको घरको हावा शुद्ध हुन्छ । यी बोटहरुका समान गुणहरुको कारण, तिनीहरुलाई प्राकृतिक वायु शुद्धीकरण बिरुवा पनि भनिन्छ। साथै यी बोट बिरुवाहरुलाई शयनकक्षमा राख्दा शान्ति आउँछ । तपाईको सुत्ने कोठामा केही त्यस्ता बिरुवाहरु रोप्नुहोस् । र प्रकृतिको काखमा सुतेर रमाइलो गर्नुहोस् ।
१. पिस लिलि Peace
Lily
सेतो फूल फूल्ने तथा हरियो लामो पात हुने पिस लिलि एक अत्यन्त आकषर्क तथा लोकप्रिय इन्डोर पट प्लान्ट हो । हेरचाह गर्न अत्यन्त सजिलो, थोरै सूर्यको प्रकाश भए पुग्ने, हप्तामा एक पटक पानी दिए हुने तथा महिनामा एक पटक थोरै मल हाले पुग्ने यो बिरुवा बेडरुमको लागि उपयुक्त रोजाई हो । अमेरिकी संस्था नासाको अध्ययन अनुसार पिस लिलि एक उच्च कोटिको वायु शोधक अर्थात हावा शुद्ध गर्ने बिरुवा हो । यसले कोठाको ह्युमिडिटि ५ प्रतिशत सम्म वढाउने गर्दछ । कोठामा ह्युमिडिटि रहनाले राति निद्रा राम्रो लाग्दछ । कम ह्युमिडिटिको कारणले श्वासप्रश्वास सम्बन्धि रोगहरु बढाउने, छाला तथा कपाल शुक्खा गराउने र हानीकारक भाइरस तथा किटाणुहरु बढाउन सहायक हुने गर्दछ । अतह कोठामा पिस लिलिको विरुवाहरु राख्नुहोस् । स्वस्थ बन्नुस् । यस सम्बन्धि विडियो हेर्न यहा CLICK गर्नुहोला
२ स्नेक प्लान्ट Snake
Plant
झट्ट हेर्दा सर्प यानि स्नेक जस्तो देखिने यो विरुवा, एक उच्चस्तरीय प्राकृतिक वायु शोधक अर्थात हावा शुद्ध गर्ने बिरुवा हो । यो विरुवाले रातमा समेत अक्सिजन उत्सर्जन गर्ने गर्दछ । त्यसैले यो विरुवा वेडरुममा राख्दा रातमा गहिरो तथा राम्रो निद्रा लाग्ने गर्दछ । साथै यो विरुवाले हावामा रहेका श्वासप्रश्वास सम्वन्धि रोगहरु बढाउने केहि हानिकारक रसायनहरु जस्तै जाइलिन, ट्रइक्लो–रेथिलिन, टोल्युइन, बेंजिन र फर्मल्डिहाइडलाई हटाउने कार्य गर्दछ । त्यसैले स्नेक प्लान्ट बेडरुममा राख्नका लागि एक अत्यन्त लोकप्रिय विरुवा हो । । कम हेरचाह गरे हुने, कम प्रकाश भए पुग्ने, कमै पानी दिए हुने तथा कम मात्र मल हाले पुग्ने स्नेक प्लान्ट अब तपाईले पनि राख्ने हैन त आफनो बेडरुममा ।
यस सम्बन्धि विडियो हेर्न यहा CLICK गर्नुहोला
३ एलोभेरा अर्थात ध्यू कुमारी Aloe
Vera
यो एक सकुलेन्ट प्रजातीको विरुवा हो । जसलाई अत्यन्त कम मात्र पानीको आवश्यकता पर्दछ किनकी यसको पातमा प्राकुतिक रुपमा नै प्रशस्त पानीको जेल रहेको हुन्छ । जुन जेलको प्रयोग घरायसी रुपमा हुने सानो तिनो आगोको पोलाई, धारिलो हतियारको कटाई, किराको टोकाई तथा छाला र कपालमा हुने सुख्खापनको उपचार गर्न समेत प्रयोग गर्न सकिन्छ । साथै यो बिरुवाले रातमा पनि अक्सिजन उत्पादन गर्ने गर्दछ जसले गर्दा रातमा गहिरो तथा राम्रो निद्रा लाग्दछ ।त्यसैगरी यो विरुवाले कोठा भित्रको हावामा रहेका हानीकारक रसायनहरुको शुद्धिकरण गरि हावाको गुणस्तर बढाउने कार्य गर्दछ । अतह एलोभेरा औषधिय गुणहरुले भरिपुणर् एक बहु आयामिक घरमा राख्नु पर्ने विरुवा हो । त्यसैले कोठामा कम पानी र कमै हेरचाह गरे पुग्ने एलोभेराको विरुवा राखि मस्त निदाउनुस् स्वस्थ रहनुस्।
यस सम्बन्धि विडियो हेर्न यहा CLICK गर्नुहोला
४ मनिप्लान्ट Money
Plant(Pothos)
हरियो, पहेलो, सेतो साथै विभिन्न छिर्के मिर्के रंगहरुमा हुने, मुटु आकारको पात हुने, लहरा पठाए नि हुने, झ्याË बनाइए नि हुने यो घरमा राख्ने अत्यन्त लोकप्रिय विरुवा हो । यो विरुवाले कोठामा रहेका हानिकारक विषाक्त पदार्थहरुलाई शुद्धिकरण गर्नुका साथै सकारात्मक उर्जाको निर्माणमा सहायता गर्दछ । यसलाई पानीमा मात्र राखेर पनि हुर्काउन सकिन्छ । कम पानी, कम प्रकाश, कम मल तथा कमै हेरचाहमा पनि मज्जाले हुर्किने यो विरुवा कोठामा राख्नाले सौन्दर्य, शुद्धता तथा शान्ति खोज्न अन्त कतै जानु पर्दैन । त्यसैल सौन्दर्य, शुद्धता तथा शान्तिका लागिे कोठामा मनि प्लान्ट राख्नुस् मुस्कुराएर बस्नुस् ।
यस सम्बन्धि विडियो हेर्न यहा CLICK गर्नुहोला
५. स्पाइडर प्लान्ट Spider
Plant
स्पाइडर यानी माकुरा जस्तै गरि यो बिरुवाको मुख्य भाग बाट अरु सहायक हांगाहरु निस्कि थप साना साना अरु विरुवाहरु झुण्डिने गर्दछ । यसरी हावामा साना साना बच्चा विरुवाहरु झुण्डिने भएकाले यसलाई एरोप्लेन प्लान्ट पनि भन्ने चलन छ । यसरी हावामा निस्केर झुण्डिने साना बच्चा विरुवाहरु नै यसको मुख्य आकषर्ण तथा विशेषता हो । हेर्दा अत्यन्त मनमोहक र जोगाउन अत्यन्त सजिलो यो विरुवा एक प्रकारको वायु शोधक अर्थात हावा शुद्ध गर्ने विरुवा पनि हो । घरको कोठा भित्र विभिन्न कारणले उत्पन्न हुने हानिकारक फर्मल्डिहाइड नामक रसायनलाई यसले फिल्टर गर्ने गर्दछ । यति धेरै विशेषताहरु हुदा हुदै पनि थोरै प्रकाश भएनि हुने, धेरै प्रकाशमा पनि बाच्न सक्ने, घर भित्र राखेनि हुने, घर बाहिर पनि मज्जाले हुने अर्थात जस्तो सुकै परिस्थितिमा पनि आफुलाई बचाई राख्न सक्ने बिरुवा हो स्पाइडर प्लान्ट । अतह तपाई पनि कोठामा स्पाइडर प्लान्ट राखि शुद्ध हावा र मनमोहक सौन्दर्यको आनन्द लिनुहोस् ।
यस सम्बन्धि विडियो हेर्न यहा CLICK गर्नुहोला
माथिका बिरुवा लगाएत
🌿Indoor & Outdoor Pot Plants
🍀गुणस्तरीय, आकर्षक, मनमोहक, उत्कृष्ट भेराइटीहहरु
🇳🇵स्वदेशी तथा विदेशी विभिन्न प्रकारका पट प्लान्टहरु उपलब्ध छन ।
Remember Us for Best Quality Pot Plants🌲 🌿🎋
अर्डर को लागी सम्पर्क नम्बर र Location "Comment" गर्नुहोस ।
📞 9866473702 and 9808767435
@ Boudha , Nayabasti
............................

Comments
Post a Comment