Posts

Showing posts from May, 2020

मनि प्लान्टको हेरचाह कसरी गर्ने ?

Image
   मनि प्लान्ट घरमा राख्ने अत्यन्त लोकप्रिय विरुवा हो । यसलाई माटोमा रोपेर वा पानीमा मात्र राखेर पनि हुर्काउन सकिन्छ । यो विरुवाले कोठामा रहेका हानिकारक विषाक्त पदार्थहरुलाई शुद्धिकरण गर्नुका साथै सकारात्मक उर्जाको निर्माणमा सहायता गर्दछ ।  कम पानी, कम प्रकाश, कम मल तथा कमै हेरचाहमा पनि मज्जाले हुर्किने यो विरुवा कोठामा राख्नाले सौन्दर्य, शुद्धता तथा शान्ति खोज्न अन्त कतै जानु पर्दैन । यदि तपाईले पनि घरमा मनि प्लान्ट राख्नु भएको छ वा राख्न चाहनु हुन्छ भने यहा उल्लेखित केहि विशेष टिप्सहरुले तपाई लाई मद्दत गर्नेछ । माटोमा रोपिएको मनी प्लान्टका लागि  मनी प्लान्टको हेरचाह गर्नु सजिलो काम हो । राम्रो हेरचाह गरिएको मनी प्लान्ट १०० फीट भन्दा पनि बढि लम्बिन सक्छ । यदि औसत हेरचाह मात्र पनि यो बि¿वालाई दिइन्छ भने, तब यो लगभग ७ फिट उचाई सम्ममा पुग्न सक्छ । यो नया नया बागवानी गतिविधि सु¿ गर्नका लागि एक उत्तम बोट हो । माटो भुर भुराउदो, हल्का, राम्ररी हावा खेल्न सक्ने माटो मनि प्लान्ट को लागी एकदम उपयुक्त हुन्छ । त्यसका लागि माटोमा नदीको बालुवा मिलाउन सकिन्छ । बालुवाले बोटलाई राम्...

हावा शुद्ध गर्ने वेडरुममा राख्ने ५ उत्कृष्ट बिरुवाहरु

Image
               विशेषत शहरी क्षेत्रको वातावरणमा बढ्दो प्रदूषणले खुला हावामा सास फेर्न गाह्रो बन्दै गैरहेको छ । दूषित हावाका कारण मुटु र श्वास प्रश्वासका बिरामीहका साथै वृद्धहरु  र बच्चाहरु को लागि समस्या हुदै गएकोछ । वातावरणलाई शुद्ध पार्न, केहि बोटबिरुवाहरु  तपाईंको घर भित्र र बाहिर रोप्न सकिन्छ, जसले हावा शुद्ध पार्दछ । वातावरण र आफूलाई सुरक्षित गर्न, त्यस्ता बोटबिरुवाहरु  घर र तपाईंको कार्यालयमा रोप्न सकिन्छ ।              आज भोलि जब तपाई घरबाट बाहिर निस्कनुहुन्छ, धेरै जसो ठाउँहरुमा तपाईले प्रदूषण महसुस गर्नुहुन्छ, सास फेर्दा पनि दूषित हावा हाम्रो वरिपरि भएको महशुस हुन थालेको छ । तपाई हामीले घर बाहिरको स्थितिमा धेरै नियन्त्रण गर्न सक्दैनौ तर तपाईं निश्चित रुपमा घर भित्रको हवालाई शुद्ध पार्न सक्नुहुन्छ । हो, तपाईं घर भित्र वायु शोधन गर्न सक्नुहुनेछ र यसको लागि तपाईंले बिरुवाहरु  लगाउनु पर्छ जुन प्राकृतिक वायु शुद्धीकरणकर्ता पनि हुन् ।            अब...

नेपालमा पुष्प व्यवसायको संक्षिप्त जानकारी

Image
परिचय        परापूर्वकाल देखि नै फूलको धार्मिक तथा सांस्कृतिक महत्व रहदैं आएको छ । चाडपर्व, पूजा, व्रत धर्मकर्म आदिमा पुष्प को व्यापक प्रयोग हुदैं आएको छ । अहिले पनि हाम्रो देशको ग्रामिण इलाका र कतिपय शहरी क्षेत्रमा समेत फूलको प्रयोग धार्मिक दृष्टिकोणबाट मात्र पनि गरिएको पाइन्छ । तर नेपालमा फूलको उत्पादन तथा प्रयोग गैर व्यवसायिक रुपमा मात्र नभइ व्यवसायिक रुपमा पनि त्यत्तिकै मात्रामा हुन थालेको छ । अहिले राष्ट्रिय स्तरमा करोडौं र अन्तराष्ट्रिय स्तरमा अरबौको व्यापार पुष्प व्यवसायले गरिरहेको विभिन्न तथ्यांकहरुले देखाउँछ । तपाई हाम्रो घर(आगँन, बँगैचा, कोठा, अफिस, सडक चारैतिर देख्न सकिने फूल तथा विभिन्न बोट बिरुवाहरुसँग सम्बन्धित पुष्प व्यवसाय हाल नेपालको हावापानीमा सुहाउदो तथा फस्टाउदो व्यवसायको रुपमा परिचित छ  विगत     आदिकाल देखि फूलको विभिन्न प्रयोग भइ आए पनि नेपालमा व्यवसायिक रुपमा फूलको प्रयोग सन १९५० पछि मात्र हुन थालेको देखिन्छ । नेपालमा स्थापना भएको पहिलो पुष्प नर्सरीको रुपमा हामी नेपाल प्राइभेट नर्सरीलाई चिन्दछौ । सन् १९५४ मा लाजिम्पाटमा खोलि...

फूलको महारानी “गोदावरी” एक संक्षिप्त ईतिहास

Image
     गुलाबलाई फूलको राजा मानिन्छ भने फूलको रानीको रुपमा परिचित छ गोदावरी । आज हामी आफ्नो वरिपरि जुन गोदावरी फूल देख्छौ त्यो फूलले यहाँसम्म आएर हामीलाई आनन्दित र आकर्षित गर्नका लागि हजारौ बर्षको यात्रा गरेको छ, लाखौ पटक आफुलाई परिभाषित गरेको छ  र करोडौ पटक फूलेको पनि छ । यसरी फूलहरुको रानी बन्ने क्रममा गोदावरी फूलले आफ्नो छुट्टै बिशिष्ट परिचय र जिवन्त ईतिहास बोकेको छ । संसार भरिका असंख्य फूल प्रेमीहरुको मनको ढुकढुकी बन्न सफल फूलहरुको रानी गोदावरीको रोचक ईतिहासको बारेमा जानकारी लियौ ।      नेपालीमा गोदावरी भनि चिनिने फूललाई अंग्रेजीमा  Chrysanthemum  भनिन्छ । जुन शब्द दुई वटा ग्रीक भाषाबाट  CHRYSOS  र   ANTHEMON  मिलेर बनेको हो । यी दुई ग्रीक भाषाको शाब्दिक अर्थ हुन्छ सुनौलो र फूल । यसबाट के अनुमान लगाउन सकिन्छ भने अहिले गोदावरीको बिभिन्न रंगहरु भएतापनि सबै भन्दा पहिले सुनौलो रंगको मात्र थियो ।      यो फूलको उत्पत्ती वा पहिला खोज चीनमा भएको मानिन्छ । ईसा पुर्व ५०० बर्ष पहिले चीनको दार्शनिक कन्फूसियसले आ...

जय किसान नर्सरीको परिचय

Image
        नेपालमा फूल र बोट बिरुवाहरुको व्यापारको एक बिशेष हिस्सा नर्सरी व्यवसायले ओगटेको पाईन्छ । यसरी अहिले राष्ट्रिय स्तरमा करोडौ रुपैयाँको व्यापार गर्न सक्षम भैरहेको नर्सरी व्यवसाय जसले हजारौको संख्यामा रोजगारी प्रदान गरिरहेको छ । यसको बिकास क्रमलाई हेर्दा नेपालमा पहिले पटक काठमाण्डौ भित्र बि.सं. २०११ सालमा व्यावसायीक रुपमा नर्सरीको स्थापना भएको पाईन्छ । व्यवसायीक रुपमा नर्सरी स्थापनाको सुरुबाट बि.सं. २०११ सालमा भएको देखि यता पनि यस पछिका केहि दशक नर्सरी स्थापनाको दिशामा त्यती अग्रसर भएको पाईएन । बि.सं. २०११ साल देखि २०४० सालसम्मा आई पुग्दा नपुग्दै काठमाण्डौमा केवल ४– ५ वटा नर्सरी मात्रै स्थापना भएको पाईन्छ । जस मध्ये बि.सं. २०३३ (1977A.D.) सालमा ज्ञान बहादुर बादेज्यूबाट जय किसान नर्सरी को स्थापना भयो । जुन नर्सरी व्यवसायको ईतिहासमा एउटा कोसेढुङ्गा साबित भैरहेको छ ।    पुष्प किसान ज्ञान बहादुर बादेज्यूले आफ्नो एकल प्रयासबाट काठमाण्डौ स्थित कालोपुलको आसपास धोबीखोला किनारामा यो नर्सरी स्थापना गरी संचालन गरेको थियो । केहि समय कालोपुलम...